आज सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

२६ चैत्र, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ । बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा १ हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]