डिजेल चोरी गरी भारत तर्फ निकासी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ

३ फागुन, पर्सा । पर्सा प्रहरीले अवैध रुपमा डिजेल चोरी गरी भारत तर्फ निकासी गर्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ ना ७ ख १५११ न.को ट्रयाङ्करको च्याम्बरमा एक हजार लिटर र ट्रयाङ्करको फ्युल ट्रयाङकमा ३ सय ६० लिटर जम्मा गरी १ हजार ३ सय ६० लिटर डिजेल भारत तर्फ निकासी गर्दै गर्दा प्रहरी ट्रयाङ्करसहित ३ जनालाई पक्राउ गरेको हो ।

पर्सा बिरगंज म.न.पा.२२ जगरनाथपुर स्थित स्वेता आयल ट्रेडर्सबाट उल्लेखित नं.को ट्याङ्करमा डिजेल भरी अवैध रुपमा चोरी निकासी गर्नको लागि आईसीपीको मुल बाटो हुदै भारत तर्फ जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएके बताएके छ ।

विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आईसीपी को मुलगेटमा रोकी चेकजाँच गरी उक्त कार्यमा संलग्न चालक, सह-चालक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका मुन्सी समेतलाई पक्राउ गरी बरामद भएको ट्याङकर, डिजेल नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएके छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गा.पा.वडा नं.३ का चालक राम कृष्ण उप्रेती , साेही जिल्लाकै राकसीरागका अशोक पाख्रिन सह-चालक र जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.२२ का शम्भु महतो स्वेता आलय ट्रेडर्सको मुन्सी पक्राउ परेको प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए ।