२१ पुस, काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली घाँडो भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेकाले उनी आाफू र जनताका लागि घाँडो भएको टिप्पणी गरेका हुन् ।
जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएपनि असंवैधानिका काम गरेपछि अहिले आएर घाँडो भएको टिप्पणी गरेका हुन् ।
तर ओलीले राम्रो संस्कार निर्वाह गर्न नसकेको र सबै त्यसको भुक्तभोगी भएको नेपालको टिप्पणी छ । प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध प्रचण्ड माधव नेपाल समूहले आन्दोलनको घोषणा गरेको छ ।












