हामी आफैँले गाउँ र शहर कुरुप बनायौँ : सभ्यता र संस्कार खै ?

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

रमिला नेपाल

विश्व शहर दिवस : ‘समृद्धि र सुखी जीवनको आधार : हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ शनिबार मनाइएको छ । हरेक वर्ष अक्टोबर ३१ मा विश्व सहर दिवस मनाउने गरिन्छ । शहरलाई समृद्धि र सुखी जीवनसँग तुलना गर्दै गर्दा गाउँ र सहरको पहिचानबारे चर्चा गर्नु महत्वपूर्ण छ ।

हाम्रा गाउँ वा शहर हाम्रा पहिचान हुन् । ती गाउँघर वा घना बस्ती सहितका सहरले पहिचान झल्काउँछ । त्यस हिसाबमा गाउँ शहर देशका गहना हुन् । शहरमा र गाउँमा त्यस देशको संस्कृति र विकास झल्किएको हुन्छ । तर विश्वका अरु देशले विकासमा मारेको फड्को र हाम्रो देशलाई तुलना गर्दा हामी निक्कै पछाडी परेका छौ ।

अरु देशले मौलिकता जोगाए : हामीले नास गर्यौं

विश्वका अरु देशहरुले आफ्नो मौलिकता जोगाएर राखेका छन् । ती देशहरुमा शहर विकास भएपनि ती शहर निक्कै मनमोहक र राम्रा छन् । उदाहरण : हामी र हाम्रो नेतृत्वले भन्ने गरेको स्वीजरल्याण्ड । स्वीजरल्याण्ड निकै हराभरा र सफा छ । त्यहाँ पुराना कुरालाई मौलिक रूपमै राखिएको छ । भित्री सहर पनि उत्तिकै रमणीय छन् । चारैतिर सफा देखिन्छ । त्यहाँ देखिने हरेक कुरा नयाँ लाग्छन् ।

एसिया, युरोप र सार्क देशका शहर निकै व्यवस्थित र विकसित छन् । भारतकै कुरा गर्ने हो भने पनि त्यहाँ सबैखालका सुविधा छन् । भारत हामी भन्दा निकै अगाडि छ । तर हामीले विदेशी मुलुकबाट केही सिकेनौ । मात्रै अरुको उदाहरण दिएर राजनीतिमै अड्कीयौ ।

हाम्रा गाँउ र शहर किन फरक छन् ?

हामी विदेशको कुरा गर्छौं । त्यहाँका सभ्यता र संस्कारको चर्चा गर्छौं। तर हामीले हाम्रा गाउँ र शहर कुरुप बनायौँ । हामीले हाम्रो सभ्यता र संस्कार भुल्यौ । अरु देशले विकास र पूर्वाधारमा फड्को मारेको देख्ने हामी हाम्रो आफ्नोपन जोगाउन सकेनौँ। हामी संस्कृतिमा धनी छौँ ।

यहाँको भौगोलिक सुन्दरता अरू देशमा छैन । हिमाल, पहाड, समथर तराई र वनपाखा हाम्रा अमूल्य सम्पत्ति हुन् । यी सबै कुरा हेरेर नेपाल सबैभन्दा अग्रस्थानमा छ । प्रकृतिले नेपाललाई अथाह सम्पत्ति दिएको छ । तर गाउँ सहरमा बस्ने हामी सबैको बेवास्ताले बिगारेको छ । नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए गाँउ सहर पक्कै यतिबिधी अव्यवस्थित हुने थिएन ।

सबैले सरकारको मात्रै आलोचना गर्ने तर आफ्नो दायित्व के हो भन्ने बिर्सिएकाले गाउँ सहर नै अस्तव्यस्त भएको हो । गाउँ शहरलाई बनाउन नागरिक र सरकार दुवै जिम्मेवारी हुन जरुरी छ ।

यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, उपत्यकाको फोहर समयमै उठाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्रका सम्भावनाको अध्ययन गर्ने लगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने र गाँउका मानिसहरूको सहरमा गएर बस्नुपर्छ भन्ने सोंचलाई हटाएर पनि गाउँलाई नै शहरमा बदल्न सक्नुपर्छ भन्ने भावना आयो भने साच्चँ नेपाल विदेशी मुलुक भन्दा कम हुँदैन । हाम्रा गाउँको मौलिकपन जोगाएर सुन्दर सहरका रुपमा व्यवस्थि तगर्न सकिन्छ ।

गाउँलाई सहरमा बदल्ने मेरो परिकल्पना

म शान्त र सफा गाउँ शहरका रुपमा परिकल्पना गर्छु । त्यो सहर पनि शान्त र सफा नै रहोस् । ऐतिहासिक मठ मन्दिर, पुराना संस्कार संस्कृति त्यो सहरमा हराउनु हुँदैन । नेपाल संसारमै फरक छ भनेर फरक स्वाद दिलाउनुपर्छ । काठमाडौंमा प्लेनबाट उत्रने वित्तिक्कै त्यो फरकपन विदेशीले पनि थाहा पाउनुपर्छ ।

तर भौतिक निर्माणका काम सन्तोषजनक भएनन् । संरचनाको विकास व्यवस्थित भएन । देखाउनै लाज लाग्ने किसिमको हाम्रो शहर सहरका रुपमा रहेको छैन । विदेशका धेरै शहर मानिसले नै सिंगारेका हुन् तर हाम्रो देशको ऐतिहासिक पक्षलाई नमुनाका रुपमा विकास गर्न सकिन्थ्यो ।

तर त्यसो हुन सकेको छैन । म प्राकृतिक गाउँ र शहरको परिकल्पना गर्छु । गाउँ सहरमा सफा, हरियाली, प्रदूषणमुक्त र सबै सेवा सुविधायुक्त होस् भन्ने नै मेरो परिकल्पना छ ।


  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares