Ad #144479

चितवनमा गोरखाकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका( १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हाे ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको हाे । अस्पतालका अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो ।