Ad #144479

आज ललितपुरको खोकनामा इन्द्रायणी देवीको मुख्य जात्रा हुँदैछ । खोकनामा असोज शुक्ल पंचमीका दिन इन्द्रायणी देवीको मुख्य जात्रा मनाइने गरिन्छ ।

काठमाडौबाट १० किलोमिटर दक्षिणमा रहेको इन्द्रायणीको जात्रा पनि कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य मापदण्डसहित देवदेवी गण, बाजा समूह लगायतका जात्रामा अनिवार्य उपस्थित हुनुपर्ने व्यक्तिहरु मात्र बसेर गरिन लागेको छ।

तः गुथि , सलः गुथि र जहु गुथिले संचालन गर्ने यो जात्रा नेपाल सम्वत ३३६ मा त्यसबेलाका राजा अमर मल्ल्ले चलाएको विश्वास गरिन्छ ।