२ कात्तिक, काठमाडौं । सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ ।
भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।‘यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगानुपर्ने । विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह गरेको छ ।
सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।
विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागको सूचना












