गायक दिलिप लामाको अनुभव : ‘पैसा भए जस्तो पनि बिक्ने बेला आइसक्यो’

कबिता चापागाई

आखाले हेर्रछु मनले देख्छु, लैजान छु आज नै
चिनजानै भयो मन मुटु मिल्यो, केलाई हो लाज चाही
सगँसगै जाउला पिरती गास्दै ढुङगाकोे भर माटो भई
हासेर जुनी काटौला बरै राजा र रानी भई

यी शब्दमा स्वर भरेका दिलिप लामा सिन्धुपाल्चोकको खाडीचौरमा जन्मिनुभएको हो । गीतसंगित उहाँको छायाँ जस्तै हो । बाल्यकालदेखि नै गीतसंगितलाई आफ्नो सारथी मान्ने लामाका थुप्रै सांगितीक कोशेलीहरु छन् ।

लामा अहिले ललितपुरको इमाडोलमा बस्नुहुन्छ । दसैवर्षको उमेरदेखि गीतसगिंतमा लागेका उहाँले इन्दिरा सगिंत महाविद्यालयबाट संगित सिक्नुभयो । घर होस् या विद्यालय हरेक क्षेत्रमा गाउँदै आएका उहाँलाई आफ्ना अभिभावक र साथीहरु सबैले गायक बन्न सल्लाह दिन्थे ।

आफुलाई पनि गाउन सक्छु र आफुमा भएको प्रतिभालाई अगाडि ल्याउनुपर्छ भन्ने सोंच उहाँमा आयो । त्यसपछि उहाँले गीतसंगितमा विशेष ध्यान दिन थाल्नुभएको हो ।

संगित र शिक्षण

संगितसँगै लामा शिक्षणमा पनि हुनुहुन्छ । लामा करिब १४ वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । आफुले विज्ञानतर्फ नै अध्यापन गरेको हुनाले हाल उहाँले विज्ञान संकायमै शिक्षण गरिराख्नु भएको छ । संगित र शिक्षणलाई सँगसँगै लैजानुपर्ने हुँदा कठिन परेको उहाँ सुनाउनुहुन्छ ।

२०७० सालमा रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम

सानैदेखि आधुनिक गीतमा बढी रुचि भएका दिलिप लामाले २०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम हुनुभयो । त्यसबेलाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो,‘सुरुमै छक्का मारेको जस्तो अनुभव भयो, अझ उत्साह र हौसला बढ्यो ।’

आफ्ना गुरुहरुको माया, हौसला र प्रोत्साहनले गर्दा नै रेडियो नेपालमा प्रथम हुने अवसर मिलेको गायक लामा सुनाउनुहुुन्छ । लामाले भन्नुभयो,‘जीन्दगीमा अरु थुप्रै कामहरुले पनि खुसि दिएको थियो, तर रेडियो नेपालमा जब प्रथम भइयो त्यसले जति खुसि आजसम्म केहिले पनि दिएको छैन ।’ संगितमा आफ्नो परिवारको पनि चाहना भएको हुँदा आजसम्म उहाँले झण्डै ३० वटा गीतहरु रेकर्डिङ गराउनुभएको छ ।

पहिला र अहिलेको गीत संगित

समयले जतिकोल्टे फेरे पनि पुरानो सम्झनाहरु भने सदैव रहिरहन्छ । पहिलेका गीतमा व्यतिm, समाज र राष्ट्र सबैको महत्व बोक्ने भाव हुन्थ्यो । जीवनको बास्तविकता, यर्थाथता गीतमा झल्कन्थ्यो । तर अहिले मात्रै मनोरञ्जन लिने खालका हुन्छन् । मानिसहरु संगित नै नबुझिने गरी गाउने गर्छन् । समाजले नरुचाएका गीतहरु पनि आईरहेको हुन्छन् । उहाँ थप्नुहुन्छ,‘अहिले कसैको क्षमता पनि हेरिदैन, हेरिन्छ त पैसा, पैसा भए जस्तो पनि बिक्ने बेला आईसकेको छ ।’

पहिला गीतसंगितमा लाग्ने थोरै हुन्थे, गितहरु सबैले रुचाउने गर्थे, सबैलाई मान्य हुने किसिमको हुन्थ्यो । त्यसबेला पैसा कम भए पनि गितहरु भने सर्वाेकृष्ट हुन्थे । अहिले पनि सबै एउटै हुदैनन्, केहि संगित कर्र्मीहरुले मात्र पैसाको लागि काम गर्ने गर्दछन् । यस्तो गर्नाले पुरै संगित क्षेत्रमै असर पुग्छ भने भविष्यमा आउने नयाँ पुस्तालाई समेत असर पर्न जान्छ ।’

भविष्यको योजना र चाहना

सानैदेखि सांगितीक क्षेत्रमा लागेको हँुनाले पहिलो प्राथमिकता गीतसंगितलाई नै दिएर राम्रो गायक बन्ने उहाँको चाहना छ । बच्चादेखि वृद्धवृद्धासम्म सबैले सुन्ने किसिमका गीतहरु निकाल्ने र गीतसंगितमा लाग्ने तथा नयाँ सन्ततीहरुको लागि केहि नयाँ पहिचान छोड्ने गायक लामाको योजना रहेको छ । साथै समाजका लागि एक कुशल संगितकर्मी भएर काम गर्ने साेंच बनाएको उहाँ बताउनुहुन्छ ।

[sidebar name="button post"]