भाद्र १६ , काठमाडाैँ। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
पछिल्लो २४ घण्टामा देशभर १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ ।












