Ad #144479

भाद्र १६, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेकाे छ। देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।