Ad #144479

कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले आज भदौ १ देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।

आजदेखि रातिको समयमा कर्णाली प्रदेशमा आउन पूर्ण रूपमा बन्द गरिएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कालीमाटी, काल्चे, कपुरकोट हुन्। यी नाकाहरूमा पिसिआर रिपोर्ट हेरेरमात्र आउन दिने व्यवस्था गरिएको छ।

यस्तै भारतबाट आएकालाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भदौ १ गते (आज) बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरिएको उल्लेख छ।