१ भदाै, ललितपुर । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामात्र १७२ जना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
[sidebar name="button post"]









