वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना पुष्टि

बारामा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमणबाट मृत्यु भएको हो ।

प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ बर्षका पुरुष पहिलेदेखि नै दमका रोगी थिए । ३/४ दिनदेखि ज्वरो र खोकी लागेपछि उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो ।

 

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ४/५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो ।

जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

[sidebar name="button post"]