Ad #144479

२५ साउन, सर्लाहीमा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर डीसीसीएमसीको आइतबार बसेको बैठकले भोलि सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण बढेपछि प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।