Ad #144479

भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।

भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेर परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको थियो।

नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो ।

भारतले बेला बेला बुद्ध भारतमै जन्मेको र भारतीय भन्दै विवाद सिर्जना समेत गर्ने गरेको छ ।