शनिबार ३७८ जना नयाँ कोरोना संक्रमित थपिए

साउन २४, नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै अहिलेसम्म २२ हजार ५ सय ९२ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म १६ हजार ३ सय १३ जना उपचार पछि निको भएका जानकारी दिनुभयो ।

अहिले ६ हजार २ सय ६ जना कोरोनाको सक्रिय संक्रमित छन् । उनीहरु आइसोलेसनमा छन् । यस्तै १० हजार सात सय ९२ जना क्वरेण्टिनमा छन् । यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ७३ जनाको ज्यान गएको छ ।