प्रचण्डसहित परिवारकाे कोरोना रिर्पोट नेगेटिभ

२२ साउन, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी  नेकपा’का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ।

एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

प्रचण्ड सचिवालयका अनुसार  प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो।