Ad #144479

२२ साउन, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’को नतिजा प्रकाशन केही दिन ढिलो हुने जनाएकाे छ ।

बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेललेले प्राविधिक कारणले नतिजा प्रकाशन केही दिन ढिलो हुने बताउनु भयो ।   यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ ।

बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो ।

यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।