थपिए ३८१ काेराेना संक्रमित

साउन २१, गएको २४ घण्टामा थप तीन सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ । यस्तै गएको २४ घण्टामा थप दुइ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले छ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा रहेका छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर परिक्षण भएको छ ।