पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये बारा जिलाका दुई, सर्लाहीका एक जना र बाँकी पर्सा जिल्लाकै रहेका छन् । संक्रमण देखिनेमा  एक जना पत्रकार, नेपाली सेनाका तीन जना जवान पनि छन् । वीरगञ्जका दुई जना डाक्टर, वडा प्रहरी कार्यालय बिर्तामा रहेका एक थुनुवामा समेत कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै नारायणी अस्पतालको फार्मेसीमा काम गर्ने चार जना स्वास्थकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राती संक्रमण देखिने हरुमा ६ जना महिला छन् भने २८ जना पुरुषहरु छन् ।