साउन १८, काठमाडौं। आज काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।
काठमाडौं उपत्यकाका सहित पछिल्लो २४ घण्टामा थप दुइ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ६१ जनाको पीसीआर परिक्षण गर्दा दुइ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमति हुनेको संख्या २० हजार तीन सय ३२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा एक सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १४ हजार छ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।