कोरोना परीक्षण अब चार हजारमै

१८ साउन, काठमाडौं । विध म्यानेजमेन्ट प्रालीद्वारा सञ्चालित कोभिड ल्याबले कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएपछि सुरुवातमानै सरकारले तोकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको थियो।प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु ५०० ले घटाएको हो ।

विध म्यानेजमेन्ट प्रालीद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क रु चार हजार ५०० बाट घटाएर रु चार हजार कायम गरिएको जनाएको छ ।प्रारम्भिक परीक्षणको नतिजाअनुसार रु चार हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको विके भण्डारीले बताउनुभयो ।

प्रयोगशाला प्रमुख भण्डारीले भन्नुभयो “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”,। कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पु¥याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।