गुल्मीमा पहिराे: एकै परिवारका चार जनाकाे ज्यान गयाे

गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला) मा पहिरोमा परी ४ जनाकाे ज्यान गएकाे छ । बिना माझी र उनका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयाे ।

बिनाका श्रीमान राजु बाेटे (माझी ) भने रोजगारीको सिलसिलामा भारत हुनुहुन्छ । प्रहरी टाेली घटनास्थल जाँदै गरेकाे इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।