सुनको भाउमा आज पनि वृद्धि

काठमाण्डौ , साउन १६ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनदेखि बढिरहेको सुनको भाउ हिजो तोलामा ५ सय रुपैयाँ बढेर तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो भने आज तोलामा ३ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो ९९ हजार ३ सय रुपैयाँ तोकिएको हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।