वर्षा र सहकालकाका देवता रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।
कोरोना संक्रमण जोखिमका कारण रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भए । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।
विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।
यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।