काठमाण्डौं उपत्यकामा ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौं जिल्लामा ५ जना संक्रमित भेटिएका हुन् । ललितपुरमा २ र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय
का प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । काठमाण्डौंका ९ सहित बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण भएको हो ।
बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको ज्यान गएको छ । यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।