कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच सुरु हुने

७ साउन, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच बुधबारबाट सुरु हुने भएको छ ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।