सार्वजनिक गाडी चलाउन यातायात व्यवसायी तयार

साउन ३ । सार्वजनिक गाडी चलाउन यातायात व्यवसायी तयार भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अब छिट्टै गाडी चल्ने बताउनुभयो ।

मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको यातायात व्यवसायीहरुले बताएका छन् । बैंकको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बोधन भएकाले सार्वजनिक गाडी चलाउन अब अवस्था सहज बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताउनुभयो ।

सरकारले काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्ला भित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको थियो । तर केहि यातायात कम्पनीका बाहेक अरु गाडी चलेका छैनन् ।