प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन्।
प्राकृतिक विपत्तिका कारणले पोखरा महानगर तथा माछापुच्छ«े गाउँपालिकाका विभिन्न स्थानमा पु¥याएको क्षतिको निरीक्षणपछि बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सरकारले पहिलो प्राथमिकता जनताको जीउधनको सुरक्षा र उद्धारमा दिएको र त्यसपछि मात्र राहत, पुनःस्थापना तथा विकास निर्माणका कार्यलाई अघि बढाइने बताए।
बर्षा पछिको बाढिपहिरोका कारणले जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई सङ्घ तथा प्रदेश सरकारबाट तत्कालै राहत रकम उपलब्ध गराइएको तथा घरबारविहीन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत रु ५० हजार रकम उपलब्ध गराउने गरी
बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले जारी कोभिड–१९ महामारी तथा रोकथामका लागि बन्दाबन्दीका कारणले पूर्वाधार विकासका कार्यक्रम प्रभावित भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए । रातो किताबमा परेका योजनाको कार्यान्वयनका लागि सम्बन्धित उपभोक्ता तथा स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिए ।