परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नियमित सेवा सञ्चालन

प्रसूतिमा नियमित सेवा सञ्चालन

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आजदेखि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । कोरोना भाइरस ९कोभिड–१९०को कारणले अत्यावश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो । ‘

कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन सकेका थिएनौँ’’, उहाँले भन्नुभयो, ‘‘तर अब सेवा रोक्नुपर्ने आवश्यकता नभएकाले पहिल्यै जस्तै बिरामीलाई सबै सेवा दिन थालेका छौँ ।’’ कोभिड–१९ को कारणले बन्द भएको बहिरङ सेवा पनि केही पहिले शुरु गरेको अस्पतालले अब भने निःसन्तान, परिवार नियोजन, कृत्रिम गर्भाधान र तालीम सेवा शुरु गरेको छ ।

अस्पतालले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ती सेवा दिन थालिएको हो ।  पहिले दैनिक ८०० सम्म बिरामी नियमित सेवा लिने गरेकोमा अहिले दैनिक ५०० पुगेका छन् । लकडाउनका बेला भर्ना भएका बिरामीलाई छुट्टै कोठामा राखी पीसीआर परीक्षण गराएर मात्र उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।

यस्तै अस्पतालले फागुनमा ११३ जना, चैतमा ७०, वैशाखमा ७० र जेठमा ५८ जनाले गर्भपतन गराएको छ । लकडाउनका बेला सिफ्टमा काम गरेका कर्मचारी अहिले नियमित तालिकामा आउने गरेका छन् । अस्पतालमा अहिले ६५० स्वास्थ्यकर्मीसहित कर्मचारी रहेका छन् ।