एसईई खारेज गर्न गगन थापाको प्रस्ताव

काठमाडौं । कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्दा उपयुक्त हुने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद थापाले एसईई खारेज गर्ने राम्रो मौका आएको बताउनुभयो । कक्षा १२ मा बोर्ड परीक्षा हुने भएकाले एसईई ढाँचाको परीक्षा आवश्यक नरहेको उहाँको भनाई छ।

सरकारले लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्‍चालन गर्ने तयारी गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको हो । तर कोरोना संक्रमण बढ्दै गएका बेला लकडाउन कहिले खुल्छ भन्नेचाहिँ निश्‍चित छैन ।