राप्रपाको वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

१२ असोज, काठमाडौँ । रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।

आज राष्ट्रिय सभा गृहमा राप्रपा र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमबार नै मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए । उनी काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा समेत जुटेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा हाल ६ उपाध्यक्ष रहेका छन् भने त्यसमध्ये ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ ।

[sidebar name="button post"]