कोरोना संक्रमणका कारण २ जनाको मृत्यु, २३० जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

 हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]