भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।

त्यस्तै भारतका सेनाध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए । यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

[sidebar name="button post"]