२५ माघ, काठमाण्डौ। प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।
[sidebar name="button post"]











