Ad #144479

१७ माघ, काठमाण्डौ। देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण बदली हुने भएको हो। बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।