स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ जना कोभिड संक्रमित

९ माघ, जाजरकोट। स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन् । संक्रमित सबै होमआइसोलेशनमा बस्नुभएको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारीदिनुभयो ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् । राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।

[sidebar name="button post"]