Ad #144479

२९ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।