थप २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

१८ पौष, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ हजार ९६२ जनामा पीसीआर परीक्षण गरिएकोमा २१३ जनामा र १ हजार ६६९ जनामा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २०९ जना कोरोना मुक्त भएका छन्।

देशमा हालसम्म ४ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]