२७ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३१३ र २ हजार ८२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









