२३ मंसिर, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन् ।
[sidebar name="button post"]









