थप ४१६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

२९ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोना मुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ७ हजार ३११ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।