थप ४४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२४ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४०७ जनाको पीसीआर परीक्षणमा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन्।