थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त

७ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

६ हजार ६१ जनामा पीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा र १ हजार ५६४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना मुक्त भएका छन् भने ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।