४ कार्तिक, काठमाण्डौ। पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।
बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अब हिजो अस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाण्डौ उपत्यकामा घाम लागेको छ।
दिउँसो भने केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।












