काठमाण्डौ उपत्यकामा थपिए २७४ जना कोरोना संक्रमित

१ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।