Ad #144479

१ कार्तिक, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ११ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।