Ad #144479

१ कार्तिक, काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिेल देशको अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने बताएको छ। जसअनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना मौसमविद्हरुले जनाएका छन्। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।