थप ४५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

२८ असोज, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८०४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १३ हजार ८५३ सक्रिय संक्रमित रहेका छन्।