Ad #144479

५ असोज, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ८३० कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।